रोयल इन्फिल्डको मेटियर ३५० सार्वजनिक, तीन भेरिएन्टमा उपलब्ध |
काठमाडौं । रोयल इन्फिल्डको मेटियर ३५० साउन १३ गते बुधबार नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले सो मोटरसाइकल नेपाल भित्र्याएको हो ।
तीन भेरिन्यन्टमा उपलब्ध हुँने रोयल इन्फिल्डको मेटियर ३५० बुलेट पारखिको लागी अब प्रतिक्षाको घडी सकिएको छ ।
फायरबल, स्टेलर र सुपरनोभामा यो बाइक नेपालमा आएको छ भने ७ वटै कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
रोयल इन्फिल्डको मेटियर ३५० मा ड्युअल च्यानल एबीएस सिस्टम, फ्रन्ट र रियरमा डिस्क ब्रेक, ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स, स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर , ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ, मेटियर ५ ट्रान्समिसन गियरबक्स जस्ता फिचर रहेको छ ।
बीएस ६ अन्तर्गत फायर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार रहेको छ। विवेक अटोमोबाइल्सले १९ वटै शाखा तथा डिलरहरुमा मेटियर ३५० सीसी विक्री तथा बुकिङ भएको बताएको छ ।