एलेमीज् ब्रान्ड नेपालमा |
काठमाडौं । आमन्त्रण स्पाले सन् २०१७ देखि एलेमीज् ब्रान्डको विक्री बितरण गर्दै आइ रहेको छ । यो ब्रिटिस स्कीन केयर ब्राण्ड हो । यसले स्कीन केयर ब्राण्ड अन्तर्गत थुप्रै अवार्डहरु जितेको छ ।
नेपाली ग्राहकहरुले यो ब्राण्ड रुचाएको कम्पनीको भनाई छ । यसमा रहेका प्राकृतिक अवयवहरुले एकदमै प्रभावकारी परिणाम ल्याउनुका साथै नयाँ पन ल्याउने कम्पनीको भनाई छ । एलेमीज्का सामानहरु प्रोफेशनल स्पा थेरापी र होम स्कीन प्रडक्ट दुवैमा केन्द्रित भएको कारण यो प्रोडक्ट नेपालका ग्राहकका लागि सुहाउदो रहेको छ ।
सन् १९९० मा बनेको यो प्रोडक्टले अनुहार तथा शरीरमा मार्गदर्शक, क्लिनिकल विधि र सेवा प्रदान गर्दछ । यस प्रोडक्टलाई अरु स्कीन केयर ब्राण्डभन्दा भिन्न बनाउनुमा पृथ्वीको सतहमा क्रियाशिल शत्तिशाली जैवीक तत्वनै यसको मुख्य स्रोत हो । यस ब्रान्डले आफ्नो कार्यमा सावधानी, मार्गदर्शक सूत्र र यसको प्रयोगपछीको सबभन्दा राम्रो परिणाम दिदै आएको छ ।
सन् २०१४ मा स्थापित यस आमन्त्रण स्पा एण्ड सैलुन विशेष गरेर महिला सौन्दर्य स्पा एण्ड सैलुन हो । यो काठमाण्डौं महानगरपालिकाको गैह्रिधारामा अवस्थित छ । यस स्पाले प्रभावशालि, आरामदायी र गोपनियताका आफ्नो सेवा दिदै आएको छ । आधुनिक तथा समकालिन मौलिक नेपाली स्वागत र सत्कारकासाथ स्पाले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
आमन्त्रण स्पाले अत्याधुनिक प्रशिक्षण लिएका र अनुभवी समूह, विश्वस्तरिय ग्लोबल ब्रान्ड, आधुनिक उपकरण र नयाँ स्वच्छ वातावरणमा आफ्नो सेवा प्रदान गर्ने गरेको छ । हाल नेपालमा आमन्त्रण स्पा एण्ड सैलुनसग संबद्ध अन्य दुईवटा कम्पनी आमन्त्रण स्पा एकेडेमी र जे एण्ड जो किड्स सैलुन समेत संचालनमा छन् ।