लघुवित्तले पनि विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्न पाउने |
काठमाडौं । अबदेखि लघुवित्त वित्तीय संस्थाहरूले पनि विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज लघुवित्तीय संस्थाहरूलाई तोकेको मापदण्ड पूरा गरेको अवस्थामा यस्तो सेवा संचालन गर्न अनुमति दिइने निर्देशन जारी गरेपछि त्यस्ता संस्थालाई विद्युतीय भुक्तानी सेवा प्रदायकको काम गर्न पाउने बाटो खुलेको हो ।
केन्द्रीय बैंकले तोकेको मापदण्ड अनुसार विद्युतीय भुक्तानी सेवा संचालन गर्ने लघुवित्तीय संस्थाको चुक्ता पँुजी १० करोड रुपैयाँ हुनुपर्नेछ । यस्तै, २० वटा शाखा कार्यालय र न्यूनतम २० हजार ग्राहकसँग कर्जा–बचत कारोबार गरेको हुनुपर्ने राष्ट्र बैंकले बताएको छ ।