अखाद्य बस्तु भेटिएपछि वानेश्वरको संगम स्वीटमा सरकारले लगायो ताला |

काठमाडौं । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा ताला लगाएको छ । पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो । वानेश्वरमा रहेको संगम स्वीटमा कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल भेटिएपछि शिलबन्दी गरिएको हो । यसले रङ् बनाउने काम गर्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले मंगलबार पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा ‘वान्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल भेटिएपछि शिलबन्दी गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चनका अध्यक्ष माधव तिमिल्सिनाले बताए । यसको प्रयोग बढि हुँदा स्वास्थ्यलाई प्रतिकुल असर गर्छ ।
यो पसलको भान्छा पनि फोहोर भेटिएको थियो । मिठाई बनाउन प्रयोग गरिएको तेल धेरै पटक प्रयोग भइसकेको पाइएको थियो । अनुगमनमा रहेका प्राविधिकका अनुसार तेलमा हुने पोलारिटी २५ हुनुपर्नेमा ३८.५ प्रतिशत पाइएको थियो ।