३३ किलो सुन तस्करी प्रकरण : थाई एयरवेजद्वारा थुनामा रहेका सात कर्मचारी निष्कासन |
काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका थाई एयरवेजका ७ कर्मचारी सेवाबाट बर्खास्त भएका छन् । एयरवेजले उक्त प्रकरणमा थुनामा रहेका हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरीलाई अवकाश दिएको हो । उनीहरूलाई एयरवेजले असोज ५ गतेबाटै लागू हुनेगरी अवकाश दिएको हो ।
एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐनअनुसार अवकाश दिइएको जानकारी दिएको छ । जिल्ला अदालतको आदेशअनुसार जेठ ८ गतेदेखि उनीहरु पुर्पक्षका लागि थुनामा छन् ।