सेञ्चुरी कमर्सियल बैंकले शेयर आवेदन वापत २५ रुपैयाँ शुल्क लिने |
काठमाडौं । पछिल्लो समय प्राथमिक निष्काशनमा अधिक आवेदन पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले शेयर आवेदन शुल्क असुल गर्न थालेका छन् ।
यस क्रममा सेञ्चुरी कमर्सियल बैंकले साधारण शेयरको आवेदन गर्ने खातावाहकसँग २५ रुपैयाँ शुल्क लिने भएको छ ।
यस अघि बैंकले शेयर आवेदन गर्दा कुनै शुल्क नलिने गरेकोमा बुधबार सूचना सार्वजनिक गर्दै बैंकले मेरो शेयरबाट कुनै पनि किसिमका शेयर आवेदन गर्दा २५ रुपैयाँ शुल्क लाग्ने जनाएको हो ।