फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १.२९ प्रतिशतले बढ्यो |
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार माइक्रोफाइनान्सको अधिकांश सूचकमा सामान्य सुधार देखिएको छ ।
अघिल्लो आथिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तको खुद नाफा १.२९ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा अघिल्लो आर्थिक वर्षको तुनलामा बढी रकम छुट्याएका कारण लघुवित्तको खुद नाफा प्रभावित भएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.२९ प्रतिशत मात्र बढेको छ ।
त्यसैगरी, लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १०२.५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ अर्ब ६० करोड रुपैयाँ सापटीबाट ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चैत मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९५ पैसा रहेको छ ।