लक्ष्मी बैंकद्वारा पशुपती मन्दिरमा अशक्त र बृद्धलाई निशुल्क सेवा दिन सफा टेम्पो हस्तान्तरण |
काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ मन्दिर परिसरमा प्रयोगका लागि दुई थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो । यो टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विषेशगरी बृद्ध र अशक्त भक्तजनहरुको आवत जावतकालागि निशुल्क सञ्चालन हुने बताइएको छ ।
पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरेका थिए ।
बैंकका अनुसार बैंकको ४६ जिल्लामा ९६ शाखा संचालनमा छन्। । बैंकले ३ हस्पिटल सेवा काउन्टर, १०७ एटिएम, २५०० भन्दाबढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुबाट सेवा दिँदै आएको जानकारी दिएको छ ।