पब्जी प्रतियोगिता हुँदै, नेपाली टिम पनि सहभागी हुने | ३० लाख डलर पुरस्कार
काठमाडौं । आगामी जुलाई २२ देखि २५ सम्म पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२१ प्रतियोगिता आयोजना हुने भएको छ ।
उक्त प्रतियोगिताको पुरस्कार ३ मिलियन अमेरिकी डलर तोकिएको छ । यो प्रतियोगितामा नेपालको तर्फबाट द रियर सोल्जर्स (डीआरएस) पनि सहभागी हुने जनाइएको छ ।
यस प्रतियोगिताको पावर्ड बाई पार्टनरमा गेमर्स विथ आउट बोचर्स, स्मार्टफोन पार्टनरमा वानप्लस र मिडिया पार्टनरमा निमो टिभी रहेका छन् ।
प्रतियोगितमा विभिन्न देशका १६ वटा टिम सहभागी हुनेछन् ।