कलर्सको चट्ट क्यास पट्ट लक योजना सार्वजनिक |
काठमाडौँ । कलर्स होम अप्लाएन्सेसले आउँदै गरेको दशैँ तिहारको अवसरमा ʽचट्ट क्यास पट्ट लकʼ को ग्राहक योजना घोषणा गरेको छ । यो योजनामा कलर्स होम अप्लाएन्सेसको खरीदमा उपभोक्ताले १४ हजार ९० रुपैयाँसम्म नगदफिर्ता तथा एक जनाले बम्पर लक्की ड्रमा ५५इन्चको फोरके स्मार्ट टिभी जित्ने मौका पाउनेछन् । यो योजना असोज १५ देखि अक्टोबर १ सम्मका लागि कलर्सका नेपाल भरीका सबै प्रमुख स्टोर्सहरुमा उपलब्ध छ ।
कलर्सका उत्पादनहरु रेफ्रिजेरेटर , एलइडी टिभी, चेष्टफ्रिजर, अपराइट शोकेस, वासिङ्ग मेशिनलगायतका धेरैै सामानहरु बजारमा उपलब्ध छन् । जुन स्मार्ट घरको लागि उपयोगी हुने कम्पनीको भनाई छ ।
कलर्सले घरमा प्रयोग हुने सबै प्रकारका इलेक्ट्रोनिक सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउदै आएको छ । जसले ग्राहकको जीवनपद्धतिलाई सजिलो बनाउन मद्दत गर्दछ । कलर्सका उत्पादनको मार्केटिङ्ग युनिभर्सल इलेक्ट्रोकम प्रालिले गरेको छ । युनिभर्सल इलेक्ट्रोकम प्रालि लक्की ग्रुप अन्तर्गतको कम्पनी हो ।
आयात र व्यापार हाउसबाट आफ्नो सेवाप्रारम्भ गरेको लक्की ग्रुपले दिगो र उच्च स्तरीय सामानहरुको कारोवार गर्दै आएको छ । जसले इलेक्ट्रोनिक र कम्युनिकेसनसँग सम्बन्धित सामानहरु व्यापक रुपमा ग्राहकहरु समक्ष पु¥याएको छ । २ हजार भन्दा बढीलाई रोजगारी दिन सफल लक्की ग्रुप नेपालका नाम चलेका ५ कर्पोरेट हाउसमा पुग्ने लक्ष्य सहित आफ्नो क्षेत्रमा अघि बढेको छ ।