मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन अनुमति पायो |
काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीले सर्वसाधारणको लागि ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको लागि बोर्डबाट असार २३ गते अनुमति पाएको हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्नेछ। आयोजना प्रभावितका लागि कम्पनीले यस अघि नै आईपीओ निष्काशन गरिसकेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।