बाबा गोकर्णेश्वर यातायातले साँखु−दक्षिणकाली रुटमा ३० नयाँ बस थप्दै |
काठमाडौं । बाबा गोकर्णेश्वर यातायातले साँखु−दक्षिणकाली रुटमा ३० वटा नयाँ बस थप्ने भएको छ । मंगलबारदेखि साँखु−दक्षिणकाली रुटमा संचालन गरेर सेवा विस्तार गर्न लागिएको कम्पनीका सचिव रोशनबाबु श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार साँखुबाट तीनवटा रुट हुँदै ४० वटा बस दक्षिणकालीमसम्म संचालन गर्न लागिएको छ । नयाँ ३० वटा र पुराना १० गरि ४० वटा बसबाट दक्षिणकालीसम्म सेवा विस्तार गर्न लागिएको हो ।
कम्पनीका अनुसार ४० वटै बस साँखु−थली−नारायणटार जोरपाटी हुँदै चावहिलसम्म आउनेछ । चावहिलबाट चक्रपथ−नयाँ बसपार्क बल्खुहुँदै दक्षिणकाली जानेछ । दोस्रो चावहिलबाट गौशाला−कोटेश्वर चक्रपथ घुम्दै बल्खु पुगेर दक्षिणकाली जानेछ । तेस्रो गौशालाबाट रातोपुल रत्नपार्क कालिमाटी बल्खु हुँदै दक्षिणकाली पुगेर सोही रुट फिर्ता हुनेछन्। । अहिले कम्पनीका ५० वटा बसले चक्रपथ परिक्रमा गरेर जोरपाटीसम्म सेवा दिइरहेको छ । मंगलबारदेखि कम्पनीले नयाँ बस थपेर ८० वटा बसमार्फत सेवा दिनेछ ।
कम्पनीले निकट भविष्यमा थप बसहरु ल्याएर गोकर्णको जगडोल−आरुबारी−चुच्चेपाटी−चावहिल रुटमा विस्तार गर्न लागेको छ । सो प्रयोजनका लागि कम्पनीले यातायात व्यवस्था विभागबाट रुट परमिट समेत लिईसकेको छ ।
सर्वसाधरणको माग बढेकाले नयाँ रुटमा सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ।गोकर्णेश्वर यातायातले १० बर्षदेखि निलो माइक्रोको एकाधिकार तोड्दै जोरपाटी क्षेत्रमा गत वर्षबाट सेवा थालेको थियो।