महिेन्द्राको बालाजुको नयाँ शोरुममा ‘एक्सप्रेस वे’ का साथै कस्टमर लाउन्ज |
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक डिलर एमभी दुगड ग्रुपले महिन्द्रा एससीभी गाडीको आधिकारिक वर्कशप खोलेको छ । बालाजुमा खुलेको वर्कशपको महिन्द्रा एण्ड महिन्द्राको नेपाल र भुटानका लागि कन्ट्री हेड चैतन्य कागल्कर र एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले उद्घाटन गरेका थिए ।
२ हजार वर्गफिटको वर्कशपमा ५ वटा आधुनिक सर्भिस वे र औजारहरु उपलब्ध रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । वर्कशपमा एक्सप्रेस वेकासाथै कस्टमर लाउन्ज पनि बनाइएको छ । कम्पनीले हालसम्म २० वटा सेलस र २८ वटा सर्भिस सेन्टर बिस्तार गरिसकेको जानकारी दिएको छ ।