भोलिदेखि लगानीकर्ता सप्ताह | सर्वसाधारणलाई शेयर बजारमा प्रवेश गराउने उदेश्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आमसर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न भोलिदेखि लगानीकर्ता सप्ताह मनाउन लागेको छ । विश्व लगानीकर्ता सप्ताह को सन्दर्भमा बोर्डले यहि असोज १५ देखी २१ गतेसम्म विभिन्न कार्यक्रम गरी लगानीकर्ता सप्ताह सञ्चालन गर्न लागेको हो ।
पूँजी बजार सम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि तथा लगानीकर्ताको शसक्तिकरण गर्न लगानीकर्ता सप्ताह मनाउन लागिएको बोर्डले जानकारी दिएको छ ।
विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्ने रहेको बताइएको छ ।
बोर्डले यस अवधिमा धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (¥याली), पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र लगानीकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
बोर्डले एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने भएको छ । यी कार्यक्रमहरुले लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पूँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डको छ ।
धितोपत्र बजार नियमन निकायहरुको अन्तरराष्ट्रिय संस्था ९क्ष्इक्ऋइ० को एशोसिएट सदस्य भएपश्चात बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।