वेद एपको ‘हात हातमा शिक्षा’को बिजेतालाई नयाँ ल्यापटप साथै अन्य आकर्षक पुरस्कार |
काठमाडौं । वेद एपले नेपालकै एक उदीयमान अनलाइन सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट सँगको सहकार्यमा ‘हात हातमा शिक्षा’ अभियान संचालनमा ल्याएको छ ।
शिक्षक तथा विद्यार्थीहरुलाई अनलाइन शिक्षा सम्बन्धि आफ्नो अनुभव बाड्नका लागि अवसर प्रदान गर्न उक्त अभियान संचालनमा ल्याइएको खल्तीले जनाएको छ । अभियानको विजेताले ५० हजार मूल्य बराबरको नयाँ ल्यापटप साथै अन्य आकर्षक नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।
कार्यक्रम २३ जुन देखि सुरु भइ २०२१ को जुलाई २३ मा सम्पन्न हुनेछ । प्रतिस्पर्धामा सहभागी हुनका लागि दिइएको विषयमा एक मिनेटको भिडियो रेकर्ड गरि आफ्नो फेसबुक वालमा पोस्ट गर्नुपर्ने बताइएको छ । सहभागीहरुले भिडियो सँगसँगै यी ह्यास ट्यागहरु #HaatHaatmaShikshya, #GoDigitalwithVeda, and #Khalti4DigitalNepalपनि साथै समावेश गर्नु पर्नेछ ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले डिजिटल शिक्षा सम्बन्धि ३० सेकेन्ड वा सो भन्दा लामो भिडियोमा आफ्नो अनुभव बाडेर सहभागी हुन पाउनेछन् । यस क्यामपेनको एक उपाधि वेदगुरु र फ्युचर लिडर अन्तर्गत एक शिक्षक र एक विद्यार्थी बिजेता हुनेछन् । बिजेताहरुले ५० हजार बराबरको नयाँ ल्यापटप र यसका टप ४ रनरअपले ५ हजार क्यास प्राइज आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् ।
त्यसैगरी न्यु अन ब्लक उपाधिको बिजेता एक वर्ष सम्मको लागि ५० हजार बराबरको निःशुल्क वेद सब्स्क्रिप्सन र खल्ती खातामा १० हजार रकमका साथ सम्मानित हुनेछन् ।
वेद एपको सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निर्देश डुवाले वेद एपले महामारीको बीचमा शैक्षिक संस्थाहरु चलायमान बनाउन उल्लेख्य भूमिका खेल्ने शिक्षक तथा विद्यार्थीहरुको मेहनतलाई कदर गर्दै खल्तीसँगको सहकार्यमा हात हातमा शिक्षा अभियान संचालनमा ल्याएको बताए ।
खल्ती डिजिटल वालेटका प्रबन्धक पवल खरेलले वेदसँगको सहकार्यमा ‘हात हातमा शिक्षा’ अभियान संचालन गर्न पाउँदा ज्यादै उत्साहित भएको बताए । वेद एपबाट आफ्नो आधारभूत शिक्षा घरबाटै लिइ यसको शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सम्भव भएको उनले बताए ।