बन्द रहेको कलंकीको अन्डरपास बुधवारदेखि संचालनमा आउने |
काठमाडौं । संचालनमा आएको केहि दिनमै प्राविधिक काम गर्न वाँकी रहेको भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास वे बुधवारदेखि देखि संचालनमा आउने भएको छ ।
नेपालकै पहिलो उक्त अन्डरपास आगामी बुधबारसम्ममा संचालनमा आउने सो आयोजनाका प्रमुख प्रकास भण्डारीले जानकारी दिएका छन् । चिनियाँ ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले अनुदान रकममा बनाएको उक्त अन्डरपास विगत १ हप्तादेखि बन्द रहेको छ ।
पिच नगरेरै सञ्चालनमा ल्याईएको उक्त अन्डरपास दशैं नजिकिँदै गर्दा पुर्ण मर्मतसम्भार गरेर संचालनमा ल्याउनका लागि बन्द गरिएको हो । दशैंमा यात्रु अनुसार सवारीसाधनको चाप पनि उत्तिकै हुनेहँुदा ट्राफिक जाम घटाउने लक्ष्यसहित अन्डरपासको पिच गर्ने काम अघि बढाईएको हो । पिच गर्ने काम अन्तिम चरणमा पुगिसकेकोले पुनः संचालनमा ल्याउन लागिएको हो ।
यसअघि भदौ १ गते देखि उक्त अन्डरपास पहिलो पल्ट संचालनमा ल्याईएको थियो । संचालमा आएको ५ दिनपछि नै धुलो सफा गर्नको लागि बन्द गरिएको अन्डरपास पुनः संचालनमा ल्याई १ महिनासम्म खुला गरिएको थियो । कलंकी स्थित अन्डरपास फेरी बन्द भएसँगै ट्राफिक जामको समस्या पहिलेकै अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अन्डरपास खुलेदेखि पुर्ण सहज भएको ट्राफिक व्यबस्थापन पुनः अन्डरपास बन्द भएपछि पहिलेकै अवस्थामा पुगेको हो ।