दशैंको ८० प्रतिशत हवाई टिकट बुकिङ सकियो | थप उडान थपिने
काठमाडौं । दशैंको लागि ८० प्रतिशतभन्दा बढी हवाई टिकट बुकिङ् भएको छ । एयरलाईन्स कम्पनीहरुले दशैंको लागि अग्रीम टिकट बुकिङ खुल्ला गरे पछि ८० प्रतिशतभन्दा बढी विक्री भइसकेको सम्बन्धित एयरलाईसन्स कम्पनीहरुले जानकारी दिएका हुन ।
दशैंलाई लक्षित गदै टिकट बुकिङ गर्नेमा सबैभन्दा अघि बुद्ध एयरलाईन्स रहेको छ । बुद्ध एयरले दशैंको लागि शुक्रबारसम्ममा करिब ८० प्रतिशतभन्दा बढी टिकट बुकिङ भईसकेको जानकारी दिएको छ । सौर्य एयरलाईन्सले असोज ७ गतेबाट टिकट बुकिङ खुल्ला गरेकोमा ३५ प्रतिशत मात्रै टिकट बुकिङ भएको जानकारी दिएको छ ।
साथै यति एयरले पनि धेरै जसो दशैं केन्द्रित टिकट बुकिङ भईसकेको जानकारी दिएको छ । यतिको शुक्रबारसम्ममा तुम्लीङटारको टिकट भने शतप्रतिशत विक्री भएको छ भने अन्य स्थानको पनि ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भएको छ । श्री एयरलाईन्सको पनि करिब ५० प्रतिशत भन्दा बढी टिकट बिक्री भईसकेको बताइएको छ ।
यसपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायीहरुले केही समय अगाडीसम्म टिकट बुकिङ नगरेकाले पनि एयरलाईन्सहरुको टिकट धेरै विक्री हुन सक्ने सम्बद्ध एयरलाईन्स कम्पनीहरु बताउँछन् ।
फ्लाईट सेड्युअल अनुसारको टिकट सकेपछि यात्रुको चाप बढ्दै गएमा थप उडान गर्ने कम्पनीहरुको भनाई छ ।