वोमी माइक्रोफाइनान्सको कार्तिक ७ देखि बुक क्लोज |
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कार्तिक ४ देखि ७ गते सम्म बुक क्लोज हुने भएको छ । कम्पनीले असोज १२ गते बसेको संचालक समितिको बैठकबाट वार्षिक साधारणसभा कार्तिक १७ गते शनिबार, पुल्चोक नारायण्गढ, चितवन स्थित जेसीज भवनको सभाहलमा हुने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने २ करोड ५२ लाख ७२ हजार नगद लाभांश दिने भएको छ ।