भेस्पा र अप्रिलिया स्कुटरले ल्यायो मनसून अफर |
काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स प्रालिले मनसून अफर शुरु गरेको छ।
यस अन्तर्गत यी दुई ब्रान्डका कुनै पनि स्कुटर किन्दा ५००० नगद छुट, २ आर्थिक वर्षको सवारी कर छुटका साथै रेनकोट, स्कुटर छोपने कभर र अफिसियल हेल्मेंट समेत पाइनेछ।
साथै ग्राहकको सुबिधालाई मध्येनजर गर्दै शुन्य प्रतिशत ब्याजदरमा पनी ग्राहकले स्कुटर खरिद गर्न सक्नेछन् । जसमा ग्राहकले कुनैपनी ब्याज तिर्नुपर्ने छैन।
नेपाली बजारमा प्रिमियम लुक र फरक पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने अप्रिलियाका ५ मोडल एसएक्सआर १६०, एसआर१५०रेस, एसआर१५०, एसआर१२५ र अप्रिलिया स्ट्रोम १२५ छन्।