सीपीभीआर २०२१मा ओपोले जित्यो १२ अवार्ड |
काठमाडौं । ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निशन कन्फ्रेन्स (सीपीभीआर) २०२१ मा १२ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ ।
कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि १ पहिलो स्थान, ७ ओटा दोस्रो र ४ तेस्रो अवार्डहरू प्रदान गरिएका छन् । सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा इन्टेलिजेन्ट पर्सेप्शन एन्ड इन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स इन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए ।
ओपोका चिफ साइन्टिस्ट एरिक गुओले भने, ‘यस बर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनीय नतिजा पाउँदा हामी निकै हर्षित छौँ । हामीले पहिलो पटक सीपीभीआर २०२०मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोलुशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि छन् ।’ गुओले थपे, ‘यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एन्ड मोबिलिटी लगायत क्षेत्रमा गर्न सकिन्छ । ओपोमा हामी एआईले मानिसलाई बुद्धिमता पूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैँ ।’
ओपोले हात पारेका ११ सम्मान मध्ये ३ अवार्ड, एआई मोडलको मानिस र जनावर जस्ता विवेकी प्राणी बीचको कठिन ब्यवहार बुझ्ने, बर्णन गर्ने तथा अनुमान गर्ने मल्टि—एजेन्ट बिहेभियोर च्यालेन्जको क्षमता मातहत रहेको छ । नयाँ ब्यबहार बुझ्ने श्रेणी अन्तर्गत ओपोले पहिलो स्थान हात पारेको छ , क्लासिक क्लासिफिकेशनमा दोस्रो र एनोटेशन स्टाइल ट्रान्सफर अन्तर्गत तेस्रो स्थान हात पारेको हो ।
ओपो यूएस रिसर्च सेन्टरले डेन्स डेप्थ फर अटोनोमस ड्राइभिङ्ग च्यालेन्जमा सहभागिता जनाई टूडी तस्विरका आधारमा सटीक थ्रीडी गहिराइको जानकारी उपलब्ध गराउने प्रविधि प्रदर्शित गरेको थियो । यसका लागि ओपोले स्व पर्यवेक्षित ट्रयाकका लागि दोस्रो स्थान हात पार्दै ‘नोवेल्टी अवार्ड’ जितेको छ ।