सीपीभीआर २०२१मा ओपोले जित्यो १२ अवार्ड |
काठमाडौं । ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निशन कन्फ्रेन्स (सीपीभीआर) २०२१ मा १२ वटा अवार्ड आफ्नो पोल्टामा पारेको छ ।
कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनिय नवप्रबर्तनका लागि १ पहिलो स्थान, ७ ओटा दोस्रो र ४ तेस्रो अवार्डहरू प्रदान गरिएका छन् । सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा इन्टेलिजेन्ट पर्सेप्शन एन्ड इन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स इन्स्टिच्यूटका सदस्यहरु सम्मिलित थिए ।