युनिलिभरको साधारण सभा कार्तिक ७ गते |
युनिलिभर नेपालले २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन कम्पनीले आगामी कार्तिक ७ गते साधारण सभा बोलाएकोे हो ।
नेपाली पूँजी बजारमा सर्वाधिक महङ्गो सेयरमूल्य रहेको कम्पनीले साधारण सभाका लागि असोज २२ गतेदेखि कार्तिक ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार कम्पनीको लाभांश असोज २१ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र प्राप्त गर्नेछन् ।
कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले शेयरधनीलाई चुक्ता पूँजी ९ करोड २१ लाखको ७०० प्रतिशत नगद अर्थात ६४ करोड ४७ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
नाफा बढेपनि युनिलिभरले अघिललो बर्षको तुलनामा गत बर्ष ५७० प्रतिशतले लाभांश घटाएको हो । अघिल्लो आवमा ९६ करोड नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ९९ करोड ९४ ला रुपैयाँ खुद नाफा गरेको थियो ।
आर्थिक बर्ष २०७३⁄७४ मा युनिलिभरले २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो ।