नेप्सेमा पुनः ४७ अंकको करेक्सन, कारोबार रकम ७ अर्बभन्दा तल झर्यो |
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८७ अंकले घटेको छ । कारोबार रकम ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेर राताम्मे देखिएको छ ।
सबै समूह घट्दा पनि लघुवित्त समूह २६ दशमलव ४ अंकले बढेको छ ।