प्रभु क्यापिटलद्धारा डिम्याट खाता नवीकरणको शुल्क बुझाउन आग्रह |
काठमाडौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।
तोकिएको समयमा वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भन्दै कम्पनीले समयमा नै शुल्क बुझाएर निर्वाध सेवा उपभोग गर्न आग्रह गरेको हो ।
प्रभु क्यापिटल र प्रभु बैंकका शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खालेका सम्पूर्ण खाताधनीहरुलाई आर्थिक वर्ष २०७७।७८ सम्मको डिम्याट खाता सञ्चालन गरे वापत वार्षिक शुल्क प्रत्येक आवको १०० वार्षिक शुल्क आगामी साउन १५ गतेसम्म बुझाउन आग्रह गरेको हो ।
खातावालाहरुले प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंकको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यलयहरु तथा कनेक्ट आईपीएस, इसेवा, प्रभु सेवा आइएमई पे, खल्तीबाट भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।
साथै, मेरो शेयर सेवा लिएका हितग्राहीहरुले एक वर्षको ५० रुपैयाँका दरले शुल्क बुझाएर नवीकरण गर्नुपर्नेछ । सेवा सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नभएमा उक्त सेवा बन्द हुने सोमबार जारी सूचनामा उल्लेख छ ।