अत्याधुनिक फिचर्स तथा डिजाइनका साथ सार्वजनिक हुँदै ‘प्रोटोन एक्स७०’ | सुरक्षाको दृष्टिकोणले फाइभ स्टार रेटिङ
काठमाडौं । जगदम्बा मोटर्सले बहुप्रतिक्षित मोडल ‘प्रोटोन एक्स७०’ सार्वजनिक गर्ने भएको छ । जगदम्बाले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको नेपालमा निकैनै उत्साहका साथ हेरिएको प्रोटोन एक्स७० (X70) असार १६ गते अर्थात जुन ३० मा भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको हो ।
पहिला नै सार्वजनिक गर्ने तयारी भइसकेको यो गाडी दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिती तथा लकडाउनका कारण रोकिएको थियो । यहि असार १६ गते साँझ ४ बजे प्रोटोनको आधिकारीक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।
प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइन भएको धेरैले रुचाएको एसयूभी हो । यसको एक्स्टेरियरमा बो सेप फ्रन्ट बम्पर, फ्लोटिंग रुफ डिजाइन, टाइगर सेप एलईडी हेडल्याम्प बाघको आँखाको जस्तो आकार भएको एलईडी हेड ल्याम्प, डे टायम रनिङ अर्थात दिउँसै बल्ने एलईडी लाइट, अटो रेन सेन्सर वाइपर अर्थात पानी परेको थाहा पाउने वाइपर्स, पेनोरेमिक सन रुफ तथा किक सेन्सरको साथ पावर टेलिगेट जस्ता अन्य आकर्षक फिचर्सहरु रहेको कम्पनीले जनाएको छ ।
यो गाडीको इन्टेरियरमा एनएपीपीए छालाबाट बनेको सिट स्टेरिङ व्हील रहेको छ । जसमा रेडियो नियन्त्रण र ब्लुटुथ फोन नियन्त्रण प्रणाली छ । डे टाइम रनिङ ल्याम्प अर्थात दिउँसै बल्ने एलईडी लाइट, अटो रेन सेन्सर वाइपर अर्थात पानी परेको बेला थाहा पाउने वाइपर्स, पेनोरेमिक सनरुफ तथा किक सेन्सरको साथ पावर टेलिगेट जस्ता अन्य आकर्षक फिचर्स रहेका छन् । जसले यसलाई अरु भन्दा फरक र आकर्षक बनाएको कम्पनीको दावी छ ।
यो गाडीमा छालाबाट बनेको सिट र स्टेरिङ रहेको छ । स्टेरिङमा रेडियो नियन्त्रण ब्लुटुथ फोेन नियन्त्रण प्रणाली रहेको छ । त्यस्तै ८ इन्चको ठूलो स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट एयर फिल्टर अर्थात इन्टेलिजेन्ट हावा शुद्धिकरण प्रणाली, एन९५को बिन फिल्टर यसमा रहेको छ ।
साथै युएसबी पोर्टहरु तथा भेन्टिलेटेड फ्रन्ट सिट यो एसयुभीको इन्टेरियरमा रहेको छ । यसैगरी, गाडी क्षमताको दृष्टिकोणले समेत अधिक शक्तिशाली रहेको छ । यसमा रहेको १.५ टीजीडीआई टर्बो चार्ज डाइरेक्ट इन्जिनले इलेक्ट्रोनिक सिफ्ट लिभरको साथ ७ स्पिड डीसीटी प्रदान गर्दछ ।
सुरक्षाको दृष्टिकोणले हेर्नुपर्दा यो गाडी भरपर्दो भएको कम्पनीको दावी छ । फाइभ स्टार सेफ्टी रेटिङ पाएको यो गाडीमा ६ वटा एयरव्याग रहेको छ । यसैगरी गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेक सिस्टम, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट इन्फमेशन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, ३६० डिग्री थ्री डिक्यामेरा, टायर प्रेसर मोनिटरिङ जस्ता अत्याधुनिक सुरक्षाका अतिरिक्ट सुरक्षा सुविधाहरु रहेका छन् ।