भारतमा फेरी बढ्यो पेट्रोलको भाउ, अब लिटरको भारु ९१ |
एजेन्सी । भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतका आयल मार्केटिङ कम्पनीले शनिवार फेरि मूल्य वृद्धि गर्दा राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ । यस्तै डिजेलको मूल्य ७४.६३ भारु पुगेको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।
त्यस्तेगरी, व्यावसियक राजधानी मुम्बईमा पेट्रोलको भाउ बढेर ९०.७५ भारु पुगको छ । यस्तै डिजेलको भाउ बढेर ७९.२३ भारु पुगेको छ ।
भारतमा भाउ बढेकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिन्छ । एको छ । नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम खरिद गर्दै आएको छ ।