ब्रोकर एशोसिएशनको अध्यक्षमा रानाभाट निर्वाचित, अन्य सबै पद सर्वसम्मत |
काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनको अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी राजकुमार तिमिल्सिनालाई पराजित गरी सो पदमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा सर्वसम्मत चयनको प्रयास विफल भएपछि निर्वाचन भएको थियो । अरु पद भने सर्वसम्मत भइसकेको छ । एशोसिएशनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिवमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधि भुसाल सर्वसम्मत चयन भएका छन् । एशोसिएशनको सदस्यमा संजिला अर्याल,फडिन्द्र ढकाल, सन्दीप चाचान र सुमन गौतम चयन भएका छन् ।