नेपाली ग्यास बुलेट चलाउन दिन भारत सहमत | टर्मिनलसम्म मात्रै पुग्न अनुमति

काठमाडौं । भारतले नेपाली नम्बर प्लेटका ग्यास वुलेट संचालनका लागि बीचको बाटो खोलेको छ । निर्माण भइसकेका ५३ वटा वुलेटलाई रिफाइनरी वाहेक टर्मिनल (स्टोरेज) बाट ग्यास भर्न दिन सहमत भएको छ । एक्सप्लोसिभ कानुन अनुसार नेपाली वुलेटलाई रिफाइनरीमा जान दिन नमिल्ने भन्दै भारतले बीचको बाटो खोलेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब र भारतका पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानबीच शुक्रबार भएको छलफलमा यो सहमति जुटेको हो । मन्त्री यादबले निर्माण भइसकेका ५३ वटा बुलेट मात्रै चल्ने पाउने जानकारी दिए । प्रक्रिया मिलाएर बुलेट संचालन गर्न पाउने गरि सहमती भएको छ ।
यो सहमतिपछि इन्डियन आयल कर्पोरेशन (आइओसी) को टर्मिनल भएका स्थानमा मात्रै नेपाली वुलेटले ग्यास ल्याउन पाउनेछन्। । नेपाल आयल निगमका अनुसार मथुरा र पारादीपमा मात्रै आइओसीको टर्मिनल छ ।