नेको इन्सुरेन्सको असार ३१ गते एजीएम, बुक क्लोज कहिले ? |
काठमाडौं । नेको इन्सुरेन्सले असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ । सभामा जारी पुँजी तथा चुक्ता पुँजी बृद्धि गर्नेमा पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
सभा नेकोको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबार सुरु हुनेछ । सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज हुनेछ । तसर्थ, असार १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।