एभरेष्ट इन्स्योरेन्सको सीईओमा कमलराज गौतम दोहोरिए |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमलराज गौतम दोहोरिएका छन् । गौतमको चार वर्षे कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै दोहोराउन बिहीबार स्वीकृति दिएको हो ।
उनको कार्यकाल सकिन अझै एक हप्ता बाँकी रहेको छ । बीमा समितिले उनको कार्यकाल सकिनु अघि नै नयाँ कार्यकालकालागि स्विकृती दिएको हो । सीईओको कार्यकाल सकिनु २१ दिन अघि नै बीमा समितिमा पत्र पठाउनु पर्ने व्यवस्था छ ।
सीईओ गौतमले कर्पोरेट नेपालसँग भने, ‘म कम्पनीलाई अझ राम्रो र बलिायो बनाउँछु । प्रतिफल राम्र्रो ल्याउन र कर्मचारीको हक हितलाई सधै ध्यानमा राखेर काम गर्नेछु ।’
उनले बीमा क्षेत्रमा प्रवेश गरेको चार वर्ष भएको छ । यस अघि उनले विभिन्न बैंक वित्तीय संस्थाको अनुभव सम्हालेका छन् । उनी विगतमा इन्फ्राइस्टकचर डेभलपमेण्ट बैककको सीईओ पनि भएका थिए । त्यस्तै, सात वटा बैकमा काम गरेको अनुभव सीईओ गौतमसँग छ ।