अग्रसर सहकारीको १२ औँ साधारण सभा सम्पन्न
काठमाडौँ । चाबहिल मित्रपार्कमा प्रधान कार्यालय रहेको अग्रसर बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष ओपेन्द्र शर्माले आ.व. २०७८⁄०७९ वार्षिक प्रतिवेदन पेस गरेका थिए । संस्थाको गत आर्थिक वर्षमा शेयर पुँजी १ करोड १९ लाख ६ हजार ७ सय पुगेको शर्माले जानकारी दिए भने निक्षेप सङ्कलन २ करोड ७५ लाख ८१ हजार पाँच सय ५७ र शेयर सदस्यहरूलाई विभिन्न शीर्षकमा ३ करोड ९२ लाख ९ हजार २ सय ५ रुपैयाँ ऋण लगानी रहेको बताए । त्यसैगरि सभामा संस्थाको कोषाध्यक्ष विपिन धितालले आ.व. २०७८/०७९ मा संस्थाले २० लाख २४ हजार ६ सय ४७ रुपैयाँ मात्र नाफा भएको जानकारी गर्दै अगामी आ.व. २०७९/०८० को बजेट प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष शर्माको सभापतित्वमा आयोजित सभामा राष्ट्रिय सभा सदस्य माननीय जगप्रसाद शर्माको प्रमुख आतिथ्य तथा प्रतिनिधि सभा सदस्य नारायणी शर्मा र नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ओम शर्माको विशेष आतिथ्य रहेको थियो ।