आईपीओ निष्काशनको अनुमति माग्दै नेष्डो लघुवित्त बोर्ड पुग्यो |
काठमाडौं । नेष्डो लघुवित्त वित्तीय संस्था सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
लघुवित्त ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो ।
आईपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।