प्रुडेन्सियल इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभाद्वारा लाभांश पारित |
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको आइतबार सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । होटल इच्छा सिमरा, बारामा सम्पन्न १९ औं वार्षिक साधारण सभा लाभांश पारित गरेको हो ।
सभाले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको हो ।
हाल एक अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी बोनस वितरणपछि एक अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।
यस्तै साधारण सभामा शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीको संस्थापक शेयर स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशतमा झार्ने र सर्वसाधारण शेयर स्वामित्व ४० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गरेको हो ।
सभाबाट कम्पनीको संस्थापक समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डनलाई संचालकमा निर्विरोध निर्वाचित गरेको छ ।
कम्पनीले यसअघि जेठ २ गते साधारण सभा बोलाएको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरुभएपछि स्थगित साधारण सभा आज सम्पन्न गरेको हो ।