पोखरा प्रिमियर लिगको हस्पिटालिटी साझेदारː ओयो |

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । साझेदारको रुपमा ओयोले लिगमा भाग लिने खेलाडिहरु र लिग मेम्बरकालागी बस्ने सुविधा प्रदान गर्ने छ ।
काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवन राइनोज, बुटवल ब्लास्टर, बिराटनगर टाइटान्स र धनगढी ब्लुज कार्तिक ९ गतेदेखि सुरुहुने उक्त पोखरा प्रिमियर लिगमा सहभागी हुनेछन् । समझदारीपत्रमा हस्ताक्षर ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा नेपाल हेड कोच जगत बहादुर तमट्टाको उपस्थितिमा रोयल एम्पायर बुटिक होटलमा भएको हो ।

साझेदारीको सम्बन्धमा बोल्दै छुम्बी लामाले भने, ‘ओयोले हामीेसँग साझेदारी गरेर हाम्रा खेलाडीहरु, टिम मेम्बरहरू, व्यवस्थापन समिति तथा सरकारी निकायका कर्मचारीहरुको लागि उच्च गुणस्तरी बसाइको अनुभव गराउने अवसर दिनु भएकोमा हामी हर्षित छौँ । हामीलाई आशा छ पोखरा प्रिमियर लिगका शुभचिन्तकहरूले यसलाई उत्कृष्ट जीतको साझेदारीका रूपमा हेर्नु हुनेछ । ओयो आतिथ्यको अनुभव लिनका लागि उपलब्ध योजनाबाट लाभ उठाउनु हुनेछ ।ʼ
कार्तिक ७ देखी खेलाडीहरू खेल मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका बेला खेलको मज्जालिन फ्यानहरूले सजिलै ओयो होटलमा ५०५ छुटमा रुम बुक गर्न सक्नेछन् ।
अब ओयो अनुभवमात्र केही क्लिक पर
- हाम्रो ओयो एप अथवा वेबसाइटबाट लगइनगर्नुहोस्
- आफुले रुचाएकोे ओयो होटल छान्नुहोस्
- प्रोमो कोड इथ्इएएीछण् टाइप गरि ५०५ छुट पाउनुहोस्
- ओयोको आतिथ्यको आनन्दलिनुहोस्
निशिद्ध हलानीले भने, ‘पोखरा प्रिमियर लिगको आधिकारीक आतिथ्य साझेदारको रुपमा हामी सबै लिगसँग सम्बन्धित सबै फ्यानहरुका लागि आरामदायी तथा विश्वसनिय बसाइँको अनुभुति प्रदान गर्नेछौ । फ्यानहरूले आफ्नो टिमको खेल हेर्दै मनोरन्जन लिन सक्नेछन् ।’
साझेदारको रुपमा आयोले “मीट द क्याप्टेन” योजना सार्वजनिक गरेको छ । भाग्यशाली विजेताहरुले ओयोको उत्कृष्ट, आरामदायक र किफायती अनुभाव लिनुका साथै पोखरा प्रिमियर लिगका उत्कृष्ट प्लेयरसँग भेटभाट गर्ने मौका तथा खेल हेर्ने टिकट जित्ने मौका पाउनेछन् ।
ओयोको बारेमा
ओयो होटल दक्षिण एसीयाको सबभन्दा ठूलो र तिब्र गतिमा बडिरहेको होटल श्रृंखला हो । यसका सँजालहरु भारतका ३५० शहरहरु, चाईना, मलेशिया, नेपाल र वेलायतसम्म फैलिएका छन् । यसको सँजालमा १० हजार भन्दा बडि प्mन्चाइज्ड तथा लिज होटलहरु रहेको छ । ओयो यस प्रकारको स्वचालीत प्रविधि हस्पिटालीटी मोडलको पायोनियर हो । ओयो विश्वका प्रमुख लगानी ग्रुपबाट पव्रर्दित कम्पनी हो, जसमा सफ्ट व्याङ्क गु्रप, ग्रिनोक्स क्यापिटल, सिक्वया इन्डिया, लाईट स्पिड इन्डिया, हिरो इन्टरप्राइजेज र चाइनालजिङ ग्रुप रहेको छ ।