हिरो मोटोकर्पले सार्वजनिक गर्दै ‘ग्ल्यामर एक्सटेक’ |
हिरो मोटोकर्पले नयाँ मोडलको बाइक सार्वजनिक गर्ने भएको छ । कम्पनीले ‘ग्ल्यामर एक्सटेक’ सार्वजनिक गर्न लागेको हो ।
यो बाइक अहिले बजारमा लोकप्रिय ग्ल्यामर र सुपर स्प्लेन्डरभन्दा प्रिमियम हुने अनुमान लगाउन सकिने अटो हिन्दुस्तानले जनाएको छ ।
अटो हिन्दुस्तानका अनुसार हिरो मोटोकर्पले तयार पारेको एक प्रस्तुतिकरण अनलाइनबाट लिक भएपछि नयाँ मोडलको बाइक निर्माणबारे खुलासा भएको हो ।
नयाँ ग्ल्यामर एक्सटेक–१२५ सिसीको प्रिमियम बाइक हो । यो होन्डाको एसपी–१२५ सँग पनि प्रतिष्पर्धा हुनेछ ।
नयाँ बजार लक्षित ग्ल्यामर एक्सटेकमा विभिन्न प्रिमियम विशेषताहरू हुनेछन्। यो पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल हुनेछ ।
यस अघि ग्ल्यामर र सुपर स्प्लेन्डरमा सेमी–डिजिटल युनिट थियो। नयाँ मोडलको यो बाइकमा भने स्क्रिन मै गियरको पोजिसन, डिजिटल ट्याक्वमिटर र रियल टाइम फ्युल कन्जप्सन देखाउँने छ ।
ग्ल्यामर एक्सटेकमा एलइडी हेडलाइट हुने अनुमान गरिएको छ । यसबार थप जानकारी भने सार्वजनिक हुन बाँकी छ । यो बाइक भारतीय बजारमा टेक्नो ब्ल्याक, ग्रे ब्लु र ग्रे रेड गरी तीन रंगमा सार्वजनिक हुनेछ ।
यो बाइकमा १२५ सिसी मोडलमा भएकै १२४.७ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग हुनेछ। यसले १०.७ एचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्छ ।
ग्ल्यामर एक्सटेकको बजार मूल्य अहिले बजारमा उपलब्ध ग्ल्यामरभन्दा भारू ४ हजारले महंगो हुनसक्ने बताइएको छ । अर्थात् भारतीय बजारमा यसको सुरूआती मूल्य ७७ हजारसम्म हुनेछ ।