जीवन विकास लघुवित्तले पायो आईपीओ निष्काशन गर्न बोर्डको अनुमति |
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । लघुवित्तलाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको हो ।
लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।
लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै दायित्व पुरा गर्न सकिने औषत जोखिम रहेको जनाउँछ ।
जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।