युनियन हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने |
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने विषेश प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले तेह्रो र चौधौं दुई आर्थिक वर्षको साधारण सभा असार २५ गते बिहान ११ बजे बोलाएको हो ।
साधारण सभाले कम्पनीद्वारा प्रबर्धित मिदिम खोला कपुरा जलविद्युत आयोजनाको लागि लिएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासको लागि आवश्यक रकमको लागि हकप्रद शेयर जारी गरी पूँजी उठाउने सम्बन्धमा छलफल गर्ने जनाएको छ ।
यस्तै कम्पनीले अनुमतिपत्र प्राप्त गरेको आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तातरण गर्न,स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको खोज्न र बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तयारी गरेको छ ।
कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट भने लाभांश नदिने भएको छ ।
सभामा सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि २५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन ।