प्रधानमन्त्री ओलीको राष्ट्रसंघमा सम्वोधनः विश्व आतंकवाद, विदेश नीति र क्षेत्रीय सहकार्यमा जोड |

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।
त्यस्तै नेपालको परराष्ट्र नीतिअनुरुप क्षेत्रीय सहकार्यलाई ठूलो महत्व दिने गरेको प्रधानमभन्त्री ओलीले बताएका छन । यसक्रममा उनले राष्ट्र संघमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत प्रशंग उठाए ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने– ‘हालै मात्र हामीले चौधौँ बिमस्टेक सम्मेलनको आयोजना गरर्यौ ।। हामी सार्कजस्तो महत्वपूर्ण क्षेत्रीय संगठनलाई पुर्नजीवित गर्न चाहन्छौँ ।’ सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा रहेका शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् ।
नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूलाई दुई तिहाई समर्थन प्राप्त रहेको र प्रदेशहरुमा पनि बहुमतको सरकार बनेको बताएका छन् ।
पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र नेपाललाई दबाव दिने गरिरहेका बेला प्रधानमन्त्री ओलीले मानवताका आधारमा नेपालले शरणार्थीहरुलाई शरण दिइरहेको बताएका छन् । उनीहरुलाई सम्मानका साथ घर फर्काउने पहल गर्न अन्तरराष्ट्रिय समुदायसँग प्रधानमन्त्रीले आग्रहसमेत गरेका छन् ।
आफ्नो सम्वोधनमा प्रधानमन्त्री ओलीले भने– ‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’
अन्तरराष्ट्रिय मुद्दाहरुमा नेपालले आफ्नो स्वतन्त्र धारणा राख्ने गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘हाम्रो परराष्ट्रनीतिले हामीलाई सबैसँग मित्रता कायम गर्न र कसैसँग पनि वैरभाव नराख्न निर्दे्शित गर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही सिद्धान्तअनुसार हामीले अन्तराष्ट्रिय मुद्दाहरूमा आफ्नो स्वतन्त्र धारणा राख्ने गरेका छौँ ।’
सम्वोधनका क्रममा उनले आफ्नो सरकारको नारा समृद्ध नेपाल र सुखी नेपाली रहेको बताए ।
राष्ट्र संघ भवन परिसरमा बिरोध
प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले मुलुकमा बढी रहेको दण्डहिनताको विषयप्रति आक्रोस ब्यक्त गर्दै कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए । पछिल्लो समय देशमा बढी रहेको दण्डहिनतामा कानुनी शासनको माग गर्दै प्रर्दशनकारी प्ले कार्ड, नेपालको झण्डा र नेपाली कांग्रेसको झण्डा बोकेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनका क्रममा विरोध भएपछि गैरआवसिय नेपाली संघले भोलीका लागि आयोजना गर्ने भनिएको प्रधानमन्त्रिसँगको कार्यक्रम स्थगित भएको छ । गैरआवासिय नेपाली संघका अध्यक्ष डा. केशव पौडेलले दिएको जानकारी अनुसार प्रधानमन्त्री आफैले विरोध हुने कार्यक्रम नगर्नुस भन्दै आउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गरिएको हो ।
सम्बोधन अघि प्रधानमन्त्री विभिन्न साइड लाइन बैठकहरुमा पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले यसैबीच क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरेका थिए ।