एक्सेलले ३०% हकप्रद ल्याउने, पुग्यो धितोपत्र बोर्ड |
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले ३०% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
एक्सेलले १०ː३ अनुपातमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।
चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले एक्सेलले ३०% हकप्रद ल्याउन लागेको हो । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ ।
बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने यसको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्नेछ ।