सिटिजन्समा सिर्जना फाइनान्स विलय गर्ने प्रस्ताव पारित गर्न दुवैको आज विशेष सभा |
काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सको विशेष साधारण सभा आज बिहीबार (जेठ २७ गते) सुरु भएको छ । जसमा सिटिजन्सको सभा बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ९ बजेबाट वेबिनार मार्फत सुरु भएको छ । यस्तै, सिर्जना फाइनान्सको सभा पनि आफ्नै प्रधान कार्यालय रहेको भवन बिराटनगरमा वेबिनार मार्फत बिहान ९ बजे नै सुरु भएको छ ।
सिटिजन्सले सिर्जना फाइनान्सलाई एक्वायर गर्दैछ । दुवैले मुख्यरुपमा सोही प्रस्ताव सभामा पेश गर्दैछन् । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ ।
यसर्थ, सिर्जनाको १०० सय कित्ता सेयर हुनेले अब सिटिजन्सको नाममा ९५ कित्ता सेयर पाउनेछन् । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गर्नेछ । एक्वायरपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । एक्वायरपछि सिटिजन्स बैंकको नामबाट कारोबार हुनेछ ।