ओपोद्वारा ओपो ह्याक ग्लोबल इनोभेशन कम्पिटिशनको घोषणा |
काठमाडौं । ओपोले ओपो ह्याक ग्लोबल इनोभेशन कम्पिटिशन मार्फत टेक स्टार्टअप योजनाहरुलाई यस बर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि आव्हान गरेको छ ।
यस बर्षको प्रतियोगिता ‘सेन्सेशन एन्ड परसेप्शन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन बिषयबस्तु माथि आधारित हुने जानकारी कम्पनीले गराएको छ ।
प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीहरुले आफ्नो ब्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनु पर्ने हुन्छ ।
एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ ग्रुप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ ।