दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो |
उक्त कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ।
नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै मानिसहरु दीगो इ८ को नयाँ मूल्य सार्वजनिक हुने प्रतीक्षामा छन् ।
दीगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो ।
देशमा यस्ता सवारी साधनको प्रभाव बढाउन कम्पनीले लागि परेको दाबी गरेको छ। यसकारण गत वर्ष पनि आयातमा लाग्ने कर र महसुलहरु बढे पनि गाडीको मूल्य उच्च नराखिएको कम्पनीले बतायो ।
दीगो इ८ बारे
दीगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार रहेको कम्पनीको दाबी छ। यो नयाँ डिजाइनको आधुनिक कार हो। यो कार १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ। यसको मोटर क्षमता १५ किलोवाट छ।एकपटकको चार्जले सामान्य अवस्था मा १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ। उक्त कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ।
दीगो इ८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालनमा १ रुपैयाँ १० पैसा मात्रै पर्ने कम्पनीले जानकारी दिएको छ।