ज्योति गुप्रद्वारा कोभिड राहतका लागि विभिन्न क्षेत्रमा २ करोड रुपैयाँ सहयोग |
काठमाडौँ । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि.र भाजुरत्न ट्रेडिङ्ग कम्पनि प्रा.लिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रुपैयाँ रकम सहयोग स्वरुप प्रदान गरेको छ ।
ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । क्रियशन नेपाललाई ५ लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाइ ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस्र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् सहयोग उपलब्ध गराइएको छ ।
यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि एनबिआईलाई १५ लाख र त्रि.वि. शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजनउत्पादन कम्पनिको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गो सहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको छ ।