एनएलजी इस्योरेन्सले गर्यो लाभांश प्रस्ताव, बोनस कति ? |
काठमाडौं । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँको १० प्रतिशतको दरले हुन आउने १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने करको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।