असोज १७ देखि अमेरिकी डीभीको आवेदन खुल्ने |

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा धधध।मखयिततभचथ।कतबतभ।नयख मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्नु पर्नेछ ।
आवेदन दर्ता गर्दा पति र पत्नी तथा आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ । जसअनुसार मुख्य आवेदकले अयोग्य पति र पत्नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जानकारी दिएको छ ।
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।