एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर |
काठमाडौं । शनिबार आगामी आर्थिक वर्ष २०७८∕७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्ष भन्दा कम समयमा किनबेच हुने सेयरमा पुँजीगत लाभकर वृद्धि गरिएको जानकारी दिए ।
अहिले सबै लगानीकर्ताहरुलाई सेयर बिक्री पछि नाफाको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था रहेको छ । दीर्घकालिन लगानीकर्ताहरुका लागि विद्यमान व्यवस्था यथावत राखिएको छ भने अल्पकालिन (सर्ट ट्रम) लगानीकर्ताहरुका लागि साढे दुई प्रतिशत बढाएर ७ दशमलव ५ प्रतिशत बनाइएको छ ।
आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ । बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ ।