बिना दर्ताका मोबाइल आगामी साउनबाट नचल्ने, एमडीएमएस सञ्चालन गर्ने तयारी |
काठमाडौं । सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ ।
एमडीएमएस सञ्चालनमा ल्याएसँगै दर्ता नभएका मोबाइल आगामी साउनदेखि नचल्ने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८∕७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए ।
यसले अबैध मोबाइलको प्रयोग नियन्त्रणमा आउनुका साथै मोबाइलको प्रयोगगरी हुने अपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिइएको छ ।