नेपाल फाइनान्स र ललितपुर फाइनान्सले डाके विशेष साधारण सभा, एक्विजिशन प्रस्ताव पारित गर्ने |
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुबै कम्पनीले विशेष साधारण सभा डाकेका छन् ।
यी दुबै कम्पनीहरुले जेठ २८ गते सभा डाकेका हुन्। दुबै कम्पनीहरुले आ–आफ्नो केन्द्रिय कार्यालयमा वेबिनारमार्फत सभा सञ्चालन गर्नेछन् ।
सभामा नेपाल फाइनान्सले ललितपुर फाइनान्स (ीँऋ) लाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, प्राप्तिपश्चात संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ नेपाल फाइनान्सले जेठ १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ भने एक्विजिशन प्रक्रियाका कारण ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का रहेको छ ।