पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी |

काठमाडौं । समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पुर्जी जारी गरेको छ ।
गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । पीडितहरुको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरीले उनलाई पटक पटक सम्पर्क गरि हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो । तर बेवास्ता गरे पछि जिल्ला अदालतबाट आदेश लिएर अध्यक्ष रौनियार माथि पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले सोमवार पुर्जी जारी गरेको हो । प्रहरीले आज मंगलबार रौनियार नआए प्रहरी टोली पठाएर पक्राउ गर्ने बताएको छ ।