इनासले गर्योक अक्सिजन सहयोग |
काठमाडौंँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ ।
विश्वभरका इनासका समितिहरुबाट प्राप्त रकमबाट ५० थान अक्सिजन रिफिल एनासले मंगलवार काठमाडौं बालाजुस्थित जनमैत्री अस्पताललाई दिएको इनासका नेपाल संयोजक तथा गीतकार दयाराम पाण्डेले जानकारी दिए ।
रवि लामिछानेको सहकार्यमा कम खर्चमा कोरोनाका बिरामीको उपचार गर्दै आएको यो अस्पतालमा उपचारार्थ कोरोना संक्रमितका लागि सहयोग होस् भनेर इनासले अक्सिजन सहयोग गरेको हो ।
इनासका ग्लोबल अध्यक्ष कमला दाहालको नेतृत्वमा अस्पतालमा उपचारार्थ असाह्यका लागि अक्सिजन सहयोग गरिएको थियो ।